ad ad

खेल


ललितपुर मेयर्स कपमा एपीएफको ह्याट्रिक, कोशीमाथि ५४ रनको फराकिलो जित

ललितपुर मेयर्स कपमा एपीएफको ह्याट्रिक, कोशीमाथि ५४ रनको फराकिलो जित

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत १६, २०७९ बिहिबार १३:१९, काठमाडौँ

सशस्त्र प्रहरीको एपीएफ क्लबले ललितपुर मेयर्स कप टि– २० क्रिकेट प्रतियोगितामा उपाधिमाथि ह्याट्रिक गरेको छ। 

बिहीबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनको फराकिलो अन्तरले हराउँदै एपीएफले लगातार तेस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो। 

एपीएफले दिएको १ सय ५५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन मात्र बनाउन सक्यो। 

पहिलो पटक फाइनल पुगेको कोशी प्रदेशका लागि कप्तान रुविना क्षत्रीले बनाएको ३५ रन नै सर्वाधिक रह्यो। रुविनाले ४१ बलमा ४ चौका हान्दा बिनु बुढामगरको बलमा बोल्ड आउट भइन्। 

अप्सरी बेगम १० रनमा बिनु कै बलमा बोल्ड आउट भइन्। काजल श्रेष्ठ ६ रनमा रेखा रावलले बोल्ड आउट गराइन्। स्मृति कटुवाल ८ र नमिता श्रेष्ठ ७ रनमा आउट भए। सवनम राई शुन्य रनमा बोल्ड आउट भइन्। लकिता राजवंशी २१ रनमा नटआउट रहिन्। 

एपीएफका बिनु बुढाले २ विकेट लिईन्। रेखा रावल, सोनु खड्का र नेरी थापाले एक एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय ५४ रनको विशाल योगफल तयार पारेको थियो। 

दोस्रो विकेटका लागि सिता र इन्दु बर्माले १ सय ३६ रनको साझेदारी गरे। सिता ७९ र इन्दु ५१ रनमा नटआउट रहे। ६८ बलको सामना गरेकी सिताले ९ चौका र २ छक्का हानिन्। इन्दुले ४१ बलमा ५ चौका र १ छक्का हाने। 

प्रतियोगितामा दोस्रो अर्धशतक प्रहार गरेकी सिताले मेयर्स कपकै सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेकी हुन्।

यसअघिको संस्करणमा ललितपुरकी सुमन खतिवडाले ७७ रन बनाएकी थिईन्। त्यो नै मेयर्स कपको उच्च रन थियो। ओपनर ज्योति पाण्डे २ रन बनाउँदा एलिसा खडियाको बलमा एलबीडब्लु धरापमा परिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .