राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा हुने ‘कोपा टरेरोस इन्टरनेशनल कप टोक्यो नेसन्स कपमा सहभागी हुन जाने १२ वर्षमूनिका खेलाडीलाई शुभकामना दिएका छन्।
मंगलबार शीतलनीवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले खेलाडीलाई सफलताको शुभकामना दिएका हुन्।
सो खेल ३१ मार्चदेखि ५ अप्रिलसम्म हुनेछ। ४० वटा क्बल सहभागी हुने सो खेलमा जापानका ३२ क्बल र १२ वटा अन्य देशका रहेको जनाइएको छ।
नेपाली टोली आजै साँझ त्यसतर्फ प्रस्थान गर्नेछ।
चैत १४, २०७९, मंगलबार
प्रतिक्रिया