सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स महिला क्रिकेट च्याम्पियनसिपमा कोशी प्रदेशलाई ८३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम १८.५ ओभरमा ८२ रन बनाउँदा अलआउट भयो।
कप्तान विन्दु रावल ३० रनमा बोल्ड आउट भइन्। सम्झना खड्का १६ रनमा रन आउट भइन्। रितु कनौजिया १३ रन बनाउँदै पवेलियन फर्किइन्।
ओपनर कविता कुँवर ९ रनमा बोल्ड आउट भयो। रुवि पोडार ४ रनमा रन आउट भइन्। ५ ब्याटर शुन्य रनमा पवेलियन फर्के।
कविता जोशी, लक्ष्मी साउद, यशोदा विष्ट, रेवती धामी र मनिषा चौधरी शुन्य रनमा आउट भए। १ रन बनाउने क्रममा सुदूरले तीन ब्याटर गुमाएको थियो।
प्रदेश १ का लागि कप्तन रुविना क्षत्री र अप्सरी बेगमले समान तिन विकेट लिए। ज्योति दनुवारले एक विकेट आफ्नो नाममा गरिन्।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया