नारायण रायमाझीले निर्देशन गरेको फिलम ‘परदेशी २’ आगामी वर्षको कात्तिक ३ बाट प्रदर्शनमा आउने भएको छ।
यसअघि दसैँमा रिलिज हुने भनिएको फिल्म फागुनमा सरेको थियो।
उद्योगको प्रतिक्षित मानिएको यो फिल्म फागुनमा पनि रिलिज भएन्। त्यसपछि निर्माण टिमले नयाँ रिलिज डेट सार्वजनिक गरेको हो।
रायमाझीको यो फिलम मार्फत गायक प्रकाश सपुत नायकका रुपमा दर्शक सामु आउँदैछन्। फिल्ममा प्रकाशसँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारले अभिनय गरेका छन्।
निर्देशक रायमाझीले फिल्मको प्रमोस्नल भिडिओ फेसबुकमा शेयर गर्दै नयाँ रिलिज डेटका बारेमा जानकारी दिएका छन्।
७ वर्षअघि सुपरहिट भएको फिल्म ‘परदेशी’को सिरिज फिल्मका रुपमा ‘परदेशी २’ निर्माण गरिएको हो। प्रकाशको डेब्यू फिल्म साथै हिट फिल्मको सिरिज भएकाले पनि फिल्म प्रतिक्षित बनेको छ।
नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले फिल्म निर्माणमा सहकार्य गरेका छन्।
रमेश बिजीको कथा एवं पटकथा रहेको फिल्ममा बी.बी. अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ।
फिल्मको टिजर र ‘के वर मागी’ बोलको गीतले दर्शकमाझ चर्चा कमाइसकेको छ। ‘परदेशी’मा वाध्यताले खाडी मुलुक जानेहरूको कथा समेटिएको सथयो। ‘परदेशी २’मा भने युवापुस्तामा रहेको विदेश मोहलाई देखाउन खोजिएको छ।
प्रतिक्रिया