राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पछिल्लो समय भइरहेको एकपछि अर्को खेलाडी पलायनको मुद्दा संसदमा उठाएका छन्।
आइतवार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा शाहीले खेलाडी पलायन र देशको खेलको पीडादायी अवस्थाबारे कुरा उठाएका हु्न्।
उनले केही दिनअघि मात्रै अष्ट्रेलियातिर पलायन भएका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सुजल श्रेष्ठको प्रसंग पनि संसदमा पुर्याए।
'नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सुजल श्रेष्ठ अस्ट्रेलिया जान बाध्य भए। भक्तुरका विद्यार्थीहरु खाँडीमा जाउँला, उतै भेटौँला भन्दैछन्', उनले भने, 'देशको बजेट १७ खर्ब हुँदा खेल क्षेत्रमा २ अर्ब ४६ करोड मात्रै छ।'
उनले अहिले खेलाडीहरुले मन्त्रीका स्वकीय सचिवको भन्दा कम तलबमा खेलिरहेको बताए।
'मन्त्रीका स्वकीय सचिवभन्दा कम तलबमा खेलाडी खेल्दैछन्', उनले भने, 'बरु हाम्रो तलब कटौती गरियोस्, खेलाडीको बढाइयोस्।'
प्रतिक्रिया