ad ad

खेल


कागेश्वरी मनोहराको खेलकुद सहरको सपनामा राखेपको ऐक्यबद्धता

कागेश्वरी मनोहराको खेलकुद सहरको सपनामा राखेपको ऐक्यबद्धता

नेपालखबर
चैत ११, २०७९ शनिबार ११:१७, काठमाडौँ

कागेश्वरी मनोहरा नगरपालिकाको खेलकुदको सहर बनाउने महत्वाकांक्षी योजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि सहयोग गर्ने भएको छ। खेलकुदका लागि आवश्यक पूर्वाधार र खेलकुदको माहोल बनाउँदै विशिष्ट योजनासहित अगाडि बढ्ने तयारीमा रहेको कागेश्वरी मनोहरा र राखेपबीच सैद्धान्तिक सहमति भएको छ।

 त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राखेप सदस्य-सचिव टंकलाल घिसिङले कागेश्वरी मनोहरा नगरपालिकाले देखेको सपना उत्कृष्ट भएकाले यसलाई सहयोग गर्न आफू तत्पर रहेको बताए। विभिन्न खेलका पूर्वाधार तयार पार्ने, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्ने र खेलाडी उत्पादन र तयार गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने प्रतिबद्धता पनि सो अवसरमा व्यक्त गरियो। 

सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले खेल स्थल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता पनि मेयर उपेन्द्र कार्कीले व्यक्त गरे। कागेश्वरी मनोहराले उपलब्ध गराएका जग्गाको अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर अगाडि बढ्न राष्ट्रिय खेलकुद परिषदले आवश्यक बजेट विनियोजन गर्ने पनि सदस्य सचिव घिसिड।ले  जानकारी दिए। 

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कार्कीले खेलकुद नगरी बनाउने महान् अभियानमा राष्ट्रिय खेलकुद परिषद्‌लाई जोड्न पाउँदा गर्वको अनुभूति भएको बताए।

राखेप सदस्य-सचिवको खेलकुदप्रतिको लगाव र चिन्ताका कारण पनि आफ्नो अभियान सोचेभन्दा सफल हुने मेयर कार्कीको भनाइ छ।

यसैबीच कागेश्वरी मनोहरा नगरपालिकाले आगामी मेमा काठडाैँमा आयोजना हुने एसीसी मेन्स प्रिमियर लिग क्रिकेट प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदानमा पनि सञ्चालन हुने विषयले आफूलाई थप हर्षित बनाएको बताउँदै उनले प्रतियोगिता सफल बनाउन नगरपालिकाले सबै खालका सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .