ad ad

खेल


लिजेन्ड्स लिग : पारस खड्का सम्मिलित एसिया लायन्स बन्यो च्याम्पियन

लिजेन्ड्स लिग : पारस खड्का सम्मिलित एसिया लायन्स बन्यो च्याम्पियन

नेपालखबर
चैत ७, २०७९ मंगलबार ९:२३, काठमाडौँ

लिजेन्ड्स लिग क्रिकेटको उपाधि एसिया लायन्सले जितेको छ। नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित लायन्सले वल्र्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो। 

कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको जायन्ट्सले ४ विकेटको क्षतिमा १४७ रन जोड्यो। 

उसका लागि ज्याक कालिसले नटआउट ७८ रन जोडे। लेन्ड सिमन्सले १७ रन र रोस टेलरले नटआउट ३२ रन बनाए। 

बलिङमा लायन्सका अब्दुर रजाकले २ विकेट र थिसारा परेराले १ विकेट लिए। 

१४८ रनको लक्ष्य लायन्सले ३ विकेटको क्षतिमा १६.१ ओभरमा पूरा गर्‍यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .