ad ad

खेल


गुल्सन झाको त्यो ओभर, जसले नेपाललाई सिधै विश्वकप छनोटमा पुर्‍यायो

गुल्सन झाको त्यो ओभर, जसले नेपाललाई सिधै विश्वकप छनोटमा पुर्‍यायो

नेपाली ब्याटर गु्ल्सन झा। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २, २०७९ बिहिबार १८:२१, काठमाडौँ

आईसीसी लिग २ अन्तर्गत निर्णायक खेलमा युएईले दिएको कीर्तिमानी लक्ष्य पूरा गर्दै नेपाल सिधै विश्वकप छनोटमा पुगेको छ। यूएईले नेपाललाई अहिलेसम्मकै सर्वाधिक ३११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। 

विशाल लक्ष्य पछ्याएको नेपालले सुरुका दुई ओभरमै दुई विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो। १ रन बनाउँदा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले ६ रन बनाउँदा कुशल मल्ल आउट भए। 

दबाबकाबीच आएको कप्तान रोहित पौडेलले पनि नेपालको इनिङ सम्हाल्न सकेनन्। नेपालको ३७ रन हुँदा रोहित पनि १६ रनमै क्याचआउट भए। 

त्यसपछि कुशल भुर्तेल र भीम सार्कीले इनिङ सम्हाले। ३५ बलमा ५० रन बनाएर कुशल पनि आउट भए।

तर नेपालले त्यसपछि पनि लय छाडेन। जितको आशा जीवित नै राख्यो। कुशल बाहेक सुरुका ब्याटर लगातार आउट हुँदा पछिल्लो क्रमका ब्याटरले नेपालको इनिङ सम्हाले। 

भीमले ९ चौकाको मद्दतमा ६७ रन बनाउँदा आरिफले पनि उनलाई साथ दिए। आरिफले पनि गुल्सनसँग सम्हालिएको प्रदर्शन गर्दै अर्धसतक पूरा गरे।

६२ बलमा ५२ रन बनाएर उनी पनि आउट भए। त्यसपछि नेपालको इनिङ धान्ने जिम्मा गुल्सन झामा पुग्यो। उनलाई साथ दिइरहेका आरिफ गएपछि दीपेन्द्र सिंह ऐरी क्रिजमा आए। 

आरिफ ४० औं ओभरको पहिलो बलमै क्याचआउट भएका थिए। जतिबेला मौसम पनि खराब हुँदै गएको थियो। त्रिवि क्रिकेट मैदान अँध्यारो बन्दै जाँदा खेल डीएल मेथोडबाट निर्णायक हुने अवस्था तर्फ धकेलिँदै थियो। 

नेपालका लगातार ब्याटरले अर्धशतक पूरा गर्न थालेपछि युएईका बलर पनि दबाबमा आउँदै गए। ४० ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा नेपालले २२९ रन मात्रै बनाएको थियो। नेपालको त्यतिबेला रनरेट ५.७२ थियो। अब नेपाललाई हरेक ओभरमा ८.२० को रेटमा रन आवश्यक थियो। 

तर ४१ औं ओभरमा पनि नेपालले आवश्यकता अनुसार रन बटुल्न सकेन। गुल्सन र दीपेन्द्रले त्यो ओभरमा मात्रै ६ रन जोडे।    

डीएल मेथोड अनुसार नेपालका लागि ४१ औं ओभरमा २४४ रनको लक्ष्य हुन्थ्यो। तर नेपालले बनाएको थियो मात्रै २३५ रन। यो अभरमै खेलको निर्णय गरिएको भए नेपाल ९ रनले पराजित हुने अवस्थामा थियो। 

रन नजाँदा युएई पनि दबाबमा थियो। ४२ औं ओभर बलिङ गर्न युएईका कप्तान मोहम्मल असिम आफैं आए। उनको यो पहिलो ओभर थियो। 

क्रिजमा थिए गुल्सन झा। पहिलो बलमा उनले रन लिन सकेनन्। दोस्रो बलमा २ रन लिए। तेस्रो बलमा छक्का प्रहार गर्दै गुल्सनले नेपालको इनिङ उकासे। त्यसपछि पनि गुल्सनको ब्याट रोकिएन।

चौथो, पाँचौं र छैटौं बलमा लगातार चौका प्रहार गर्दै उनले एउटै ओभरमा २० रन बटुले। अन्ततः नेपालको जितमा गुल्सनको त्यही ओभर निर्णायक बन्यो। 

यो ओभरको समाप्तिसँगै नेपालले २५५ रन बनायो। डीएल मेथोड अनुसार नेपाललाई २४९ रन आवश्यक थियो। ४३ औं ओभरमा ६ रन र ४४ औं ओभरमा ८ रन जोडेसँगै नेपालले जित पक्का गर्यो।

यो ओभरको समाप्तिसँगै खराब प्रकाशका कारण रेफ्रीले डीएल मेथोडबाट निर्णय लिए। जतिबेला नेपालले २६९ रन बनाएको थियो।

तर नेपाललाई ६० रन मात्रै आवश्यक थियो। एक दिवशीयमा पहिलो अर्धसतक बनाएको गुल्सनको ४२ औं ओभर नै निर्णायक बन्यो र नेपालले ऐतिहासिक यात्रा तय गर्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .