ad ad

खेल


नेपालको खराब सुरुवात, दोस्रो ओभरमा गुमायो २ विकेट

नेपालको खराब सुरुवात, दोस्रो ओभरमा गुमायो २ विकेट

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २, २०७९ बिहिबार १३:५४, काठमाडौँ

आईसीसी लिग २ को अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ।

नेपालले सुरुका २ ओभरमा लगातारु विकेट गुमाएको हो।

पहिलो ओभरको तेस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरको पनि तेस्रो बलमा कुशल मल्ललाई गुमाउन पुग्यो। २ बलको सामना गरेका आसिफ शून्य रनमै स्टम्पिङ भए। 

त्यसपछि आएका मल्लले ५ बलमा एक चौका प्रहार गर्दै ५ रनमै आउट भए। अहिले अहिले कुशल भुर्तेल र कप्तान रोहित पौडेल क्रिजमा छन्। 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .