खेल


सन्दीपले सयौं विकेटको विश्व कीर्तिमानका लागि प्रतीक्षा गर्नुपर्ने

सन्दीपले सयौं विकेटको विश्व कीर्तिमानका लागि प्रतीक्षा गर्नुपर्ने

फाइल तस्बिर


नेपालखबर
चैत २, २०७९ बिहिबार १३:४०, काठमाडौँ

स्पिनर सन्दीप लामिछानेले ओडिआइ खेलमा एक सय विकेटको विश्व कीर्तिमान आफ्नो नाममा गर्न पर्खनुपर्ने भएको छ।

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्धको खेलमा सन्दीपले २ विकेट लिएको भए सर्वाधिक छिटो कम खेलमा १ सय विेट पुरा गर्ने विश्व किर्तिमान आफ्नो नाममा गर्ने थिए।

तर, उनले बिहिबारको खेलमा एक विकेटमा चित्त बुझाए। 

यूएईका कप्तान मुहम्मद वसिमलाई १६.२ ओभरमा एलबीडब्लु धरापमा पार्दै सन्दीपले ओडिआइमा ९९ विकेट पूरा गरेका थिए। १० ओभर बलिङ गरेका सन्दीपले ८० रन खर्चे। 

ओडिआइमा नेपालको तर्फबाट आफ्नो स्पेलमा सर्वाधिक रन खर्च गर्ने सन्दीप दोस्रो खेलाडी बनेका छन्। यसअघि पीएनजीविरुद्धको खेलमा सोमपाल कामीले ९ ओभरमा ८१ रन दिएका थिए। 

सन्दीपले आज दुई विकेट लिएको अवस्थामा ४१ ओडीआई खेलमा १ सय विकेट लिने विश्वकै पहिलो खेलाडी बन्ने थिए। १ सय विकेटको विश्व किर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ।

राशिद खानले सन्  २०१८ मा ४४ ओडीआई खेलमा एक सय विकेट पूरा गरेका थिए। रासिदपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा ओडीआईमा एक सय विकेटको माइलस्टोन पार गरेका थिए। 

कम खेलमा १ सय विकेट पूरा गर्ने अवसर भने सन्दीपसँग अझै बाँकी छ। सन्दीपले अब अर्को ओडिआइ खेलमा एक विकेट लिएको अवस्थामा ४२ खेलमा १ सय विकेट लिर्दै विश्व किर्तिमान आाफ्नो नाममा गर्नेछन्। 

आजको खेलमा यूएईविरुद्ध विजय भए। नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ। ग्लोबल क्वालिफायर्स जिम्बावेमा हुनेछ। 

यदी पराजित भएको अवस्थामा यसै महिनाको अन्तिममा नामिबियामा हुने प्लेअफमा १ सय विकेट पूरा गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .