आइसीसी विश्वकप लिग २ त्रिकोणात्कम एक दिवसीय सिरिजअन्तर्गत यूएईसँग आज भइरहेको खेलमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन्।
खेल सुरु हुनुअघि सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउनेमा विश्वास व्यक्त गरे।
'मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना, राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु,' उनले भनेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गरेपछि नेपालले फिल्डिङ गरिरहेको छ।
ललित राजवंशीले आफ्नो दोस्रो ओभरको पाँचौं बलमा ओपनर आयन लाक्रालाई ६ रन बनाउँदा आउट गरेका छन्। अहिले क्रिजमा कप्तान मोहम्मद वसिम २७ र वृत्या अरविन्द ५ रन बनाउँदै क्रिजमा नटआउट छन्।
Shares
प्रतिक्रिया