ad ad

राजनीति


उपराष्ट्रपतिको निर्वाचनअघि नै सरकारी निवास छाड्दै नन्दबहादुर पुन

उपराष्ट्रपतिको निर्वाचनअघि नै सरकारी निवास छाड्दै नन्दबहादुर पुन

लैनचौरस्थित उपराष्ट्रपतिको सरकारी निवास।


नेपालखबर
चैत २, २०७९ बिहिबार १०:३९, काठमाडौँ

उपराष्ट्रपति नन्दबहादुर पुनले आज (२ चैत) सरकारी निवास छाड्ने भएका छन्। लैनचौरस्थित सरकारी निवासबाट चन्द्रागिरि नगरपालिका दहचोकमा बनेको निजी निवासमा सर्ने तयारी गरिएको हो।

बिहीबार (२ चैत) दिउँसो १ बजे सरकारी निवासबाट सर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। पुनका लागि दहचोकमा निजी निवास निर्माण भइसकेको छ।

नयाँ उपराष्ट्रपतिको लागि भोलि शुक्रबार (३ चैत) निर्वाचन हुँदैछ। उपराष्ट्रपतिको निर्वाचनअघि नै पुन निजी निवासमा सर्न लागेका हुन्।

फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका रामचन्द्र पौडेललाई फागुन २९ गते शीतलनिवासमा स्वागत गरिएको थियो।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि सोही दिन निजी निवास सरेकी थिइन्।

उपराष्ट्रपतिका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका दलको गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहायप्रसाद यादव उम्मेदवार छन्।

उता जनमत पार्टीले समानुपातिक सांसद ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ।

नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ।

चैत ३ गते हुने उपराष्ट्रपति चुनावमा संघ र प्रदेशका ८ सय ८१ सांसदले मतदान गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .