खेल


मनाङ मर्स्याङ्दीको दोस्रो जित

मनाङ मर्स्याङ्दीको दोस्रो जित

नेपालखबर
चैत १, २०७९ बुधबार १९:४७, काठमाडौँ

न्युरोड टिम एनआरटीलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लवले शहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङले एनआरटीलाई ३–१ गोलअन्तरले हराएको हो। 

मनाङको जितमा रोशन रानामगर, शाइदजमोल दाभ्लातजोनोभ र कोफि कुडोले गोल गरे। 

एनआरटीका अशोक थापाले शान्त्वना गोल फर्काए। 

खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा दुई गोल थप्यो। 

खेलको ३१ औं मिनेटमा एनआरटीका कृतिशरत्न छुन्जुको पासमा रोहन खड्गीको प्रहार गोलरक्षक दिप कार्कीले उत्कृष्ट बचाउ गरेपछि एनआरटीले अग्रता बनाउनबाट चुक्यो। 

३७ मिनेटमा मनाङका सुमित श्रेष्ठको क्रस रनदिप पौडेलको फितलो प्रहार डिफेन्डरले क्लियर गरे। 

खेलको ३८ औं मिनेटमा रनदिप पौडेलको क्रसलाई रोसन राना मगरले पोष्टको जाली चुमाउँदै मनाङलाई सुरुवाती अग्रता दिलाए। 

५३ मिनेटमा कमल थापाको लामो प्रहार एनआरटीका गोलरक्षक पुजन होनाले बचाए। खेलको ५५ औँ मिनेटमा लाल्नुन्जामाको पासमा दिपेश आले मगरको प्रहार मनाङका गोलरक्षक दिपले उत्कृष्ट बचाउ गरे। 

६७ मिनेटमा शाइदजमोल दाभ्लातजोनोभको क्रसमा कोफि कुडोको हेडर गोलरक्षकले बचाए। त्यसको लगत्तै एनआरटीका गौरव श्रेष्ठले पेनाल्टी एरियामा शाइदजमोललाई खराब ट्याकल गरेपछि मनाङले पेनाल्टी पाएको थियो। ६८ मिनेटमा शाइदजमोलले पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे। 

खेलको ८८ औं मिनेटमा खेलको मध्यभागबाट खोस्दै लगेका कोफि कुडुले गोल गर्दै मनाङलाई ३–० को अग्रता दिलाए। 

खेलको अतिरिक्त समयमा गौरव श्रेष्ठले पासमा अशोक थापाले हेडर गोल फर्काउँदै एनआरटीलाई ३–१ को अवस्थामा ल्याए।

दोस्रो जितसँगै मनाङले तालिकामा ८ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ। लिगमा अपराजित रहेको मनाङले दुई खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ। 

तीन खेलमा हार र एक खेलमा बराबरी गरेको एनआरटी १ अंकमा १३ औं स्थानमा यथावत छ। 

आजै च्यासल मैदानमा भएको पहिलो खेलमा एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .