ad ad

खेल


आर्मीको अपराजित यात्रा टुंगियो, एपीएफको दोस्रो जित

आर्मीको अपराजित यात्रा टुंगियो, एपीएफको दोस्रो जित

नेपालखबर
चैत १, २०७९ बुधबार १६:४८, काठमाडौँ

विभागाीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै नेपाल एपीएफ फुटबल क्लबले शहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ता गरेको छ। 

यता एपीएफसँगको हारले आर्मीको अपराजित यात्रामा पूर्णविराम लागेको छ। गत सिजन आर्मी र एपीएफले एक एक गोलको बराबरी गरेका थिए। 

च्यासल खेल मैदानमा बुधबार भएको खेलमा एपीएफले आर्मीलाई १–० को गोल अन्तरले हराएको हो। एपीएफको जितमा मनिकुमार लामाले गरेको गोल नै निर्णायक बन्यो। 

खेलको १५ औं मिनेटमा पदम तामाङको क्रस फरवार्ड नवयुग श्रेष्ठले भेट्न नसक्दा आर्मीले एपीएफविरुद्ध अग्रता बनाउने सुन्दर मौका गुमायो। 

खेलको २० औँ मिनेटमा दिनेश हेन्जनको क्रसलाई विकास खवासको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो।

२८ औँ मिनेटमा नवयुग श्रेष्ठको पासमा भरत खवासको प्रहार पहिलो बारको नतिजबाट बाहिरिदा अग्रता बनाउने मौका गुमायो। 

२९ औँ मिनेटमा भरत खवासले किपर बिट भएको अवस्थामा गोललाईन नजिकबाट गरेको फितलो प्रहार डिफेन्डरले क्लियर गरे। 

३७ औं मिनेटमा विपन श्रेष्ठको क्रस मनि कुमार लामाले उत्कृष्ट फिनिसिङ दिदै टोलीलाई अग्रता दिलाए। 

५८ औं मिनेटमा दिनेश हेन्जनको फ्रिकीक गोलरक्षकले सहजै बचाए। खेलको ७७ भरत खवासको क्रस सनिस श्रेष्ठले क्लियर गरे। 

खेलको ८४ औं मिनेटमा एपएफका कप्तान नवीन लामाको फ्रिकीक टोप विष्टले पोष्टको गति दिन नसक्दा अग्रता बनाउन बाट चुक्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .