राजनीति


सत्ता गठबन्धनका १० दलको बैठक, एजेन्डा : उपराष्ट्रपति चुनाव र विश्वासको मत

सत्ता गठबन्धनका १० दलको बैठक, एजेन्डा : उपराष्ट्रपति चुनाव र विश्वासको मत

फाइल तस्बिर


नेपालखबर
चैत १, २०७९ बुधबार १६:४८, काठमाडौँ

सत्ता गठबन्धमा रहेका दश दलको बैठक बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले ५ बजे बैठक बस्न लागेको हो।

उपराष्ट्रपतिको चुनाव र प्रधानन्त्रीले संसदबाट विश्वासको मत लिने विषयमा समझदारी बनाउन लागिएको बालुवाटार स्रोतले जनाएको छ।

उपराष्ट्रपतिको चुनाव आगामी ३ गते हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सोमबार वा बुधबार भित्र विश्वासको मत लिने तयारी गरेका छन्।

‘अहिले दश दलको बैठक बालुवाटारमा बस्दैछ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘उपराष्ट्रपति चुनाव र प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .