मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा कटुवाललाई नियुक्त गरेको हो।
कटुवाल यसअघि घरेलु मैदानमा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
सहायक प्रशिक्षक कटुवाल सहिद स्मारक ए डिभिजन लिगको दुई पटकको च्याम्पियन मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक हुन्।
यस्तै टोलीको गोलकिपिङ प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ।
सहायक प्रशिक्षक कटुवाल र गोलकिपिङ प्रशिक्षक डंगोललाई एन्फा महासचिव किरण राईले पत्र दिएका छन्।
एन्फाले यसअघि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा हिनसेन्जो अल्बर्टो एनेसेलाई नियुक्त गरेको थियो।
नेपालले आगामी चैत ८ देखि १७ गतेसम्म घरेलु मैदानमा भुटान र लाओससँग प्रधानमन्त्री कप त्रिकोणात्मक सिरिज खेल्दै छ।
Shares
प्रतिक्रिया