ad ad

कारोबार


मकवानपुरमा बैंकिङ सेवामा अवरोध गरेको भन्दै सिबिफिनको आपत्ति

मकवानपुरमा बैंकिङ सेवामा अवरोध गरेको भन्दै सिबिफिनको आपत्ति

नेपालखबर
चैत १, २०७९ बुधबार १२:०, काठमाडौँ

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले मंगलबार केही संस्थाले बैंकिङ सेवा अवरुद्ध गरेकोमा खेद प्रकट गरेको छ। 

सिबिफिनले विभिन्न व्यावसायिक संस्थाहरुले मकवानपुर जिल्ला, हेटौंडास्थित कुमारी बैंकको शाखा कार्यालयलगायतमा बैंकिङ सेवा अवरुद्ध गरेको भन्दै विज्ञप्तिमार्फत खेद प्रकट गरेको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न व्यावसायिक संस्थाहरुले अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र सम्प्रेषणसहित धम्की दिनेजस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति खेद प्रकट गर्दछु।’

साथै बाह्य कारणले नेपालको अर्थतन्त्रमा परेको प्रभावको न्यूनीकरण र स्वयं नेपाल सरकार, आम उद्यम÷व्यवसाय र सर्वसाधारण समेतले वर्तमान अवस्थामा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै जना एकजुट भएर लागि पर्न र भयरहित वातावरणमा बैंकिब सेवा सुचारु गर्नका लागि उचित शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेको छ। 

सिबिफिनले अस्पताल, बैंक तथा वित्तीय संस्था, एम्बुलेन्स, खानेपानी, फोहोर व्यवस्थापन लगायतका क्षेत्रलाई अत्यावश्यक सेवाका क्षेत्रको रुपमा परिभाषित गरेको हुँदा यस्ता क्षेत्रहरुमा कुनै पनि किसिमका बन्द तथा हड्ताल जस्ता कार्यहरु गर्न नहुने÷नपाइने कुराको उल्लघंन भएको दाबी गरेको छ । 

सिबिफिनले विज्ञप्तिमा भनिएको छ, ‘समस्याहरुको समुचित समाधानका उपायहरु वार्ता तथा संवादको माध्यमबाट पहिल्यान सकिने मान्यता बमोजिम बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधानको लागि तत्काल आवश्यक पहलकदमी लिन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यावसायिक संस्थाहरुलाई हार्दिक आग्रह गर्दछौं।’

सिबिफिनले बैंकिङ जस्तो अत्यावश्यकीय सेवालाई निर्बाधरुपमा सञ्चालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन समेत नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा अपिल समेत गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .