ad ad

खेल


यूएईको दुई विकेट लिए सन्दीपको नाममा हुनेछ दुर्लभ विश्वकीर्तिमान

यूएईको दुई विकेट लिए सन्दीपको नाममा हुनेछ दुर्लभ विश्वकीर्तिमान

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०७९ सोमबार १८:५३, काठमाडौँ

नेपाली स्पिनर सन्दीप लामिछाने आइसीसी विश्वकप लिग २ अन्तर्गतका खेलमा निरन्तर चम्किरहेका सन्दीप लामिछाने एउटा दुर्लभ कीर्तिमाननजिक पुगेका छन्। 

एक दिवसीय सिरिजअन्तर्गत सोमबार पपुवा न्युगिनीलाई ९ को फराकिलो अन्तरले हराउने क्रममा सन्दीप एक्लैले ५ विकेट आफ्नो नाममा लेखाए। 

बलात्कार मुद्दामा करिब ३ महिना जेल बसेर पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका सन्दीपले क्रिकेटमा आश्चर्यजनक पुनरागमन गरेका छन्।

पुनरागमनलाई यादगार बनाउने क्रममा सन्दीप अब वानडे क्रिकेटमा १०० विकेटको कीर्तिमानबाट अब केबल २ विकेटनजिक छन्। 

यी लेग स्पिनरले सोमबार त्रिवि क्रिकेट मैदानमा पीएनजीविरुद्ध एकै खेलमा तेस्रो पाँच विकेट लिँदै आफ्नो विकेट संख्या केबल ४० म्याचमा ९८ पुर्‍याएका छन्। 

लामिछाने अब यो दुर्लभ विश्वकीर्तिमाननजिक पुग्ने पहिलो नेपाली बलर हुनेछन्। यदि आगामी बिहीबार हुने यूएईविरुद्धको खेलमा दुई विकेट लिएर उक्त कीर्तिमान सन्दीपको नाममा हुनेछ। 

यदि उनले यूएईविरुद्धको खेलमा दुई विकेट लिन नसके उनका लागि अझै थप दुई खेल अवसर हुने छन्। यदि ती दुई खेलमा दुई विकेट लिन सके भने उनी विश्वका सबैभन्दा छिटो सय विकेट लिने बलर बन्नेछन्। 

वानडेतर्फ सबैभन्दा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान अहिले अफगानिस्तानका राशिद खानको नाममा छ। 

उनले ४४ एकदिवसय म्याचमा यो कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। त्यसैगरी अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ५२ खेलमा १०० विकेट लिँदै दोस्रो नम्बरमा छन्। 

लामिछानेले आफ्नो पहिलो एकदिवसीय खेल अगस्ट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए। उनले त्यो खेलमा एक विकेट लिँदै एकदिवसीयतर्फ खाता खोलेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .