ad ad

खेल


यूएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

यूएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

यूएईको विकेट लिएपछि खुसी साटासाट गर्दै नेपाली खेलाडी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १४:२०, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले सानदार सुरुवात गरेको छ। 

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएईले ७ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १३ रन बनाएर खेलिरहेको छ। 

नेपालका ललित राजवंशीले ओपनर भृत्या अरविन्दलाई शुन्य रनमा बोल्ड आउट गरे। 

अर्का ओपनर आशिफ खान ६ रन बनाउँदा क्याच आउट भए। आर्यन लाक्रालाई दिपेन्द्र सिंह ऐरिले शुन्य रनमा बोल्ड आउट गराए। 

कप्तान मुहम्मद वसिम १ रनमा क्याच आउट भए। वसिम ललित राजवंशीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। 

अहिले आयान अफ्जल खान १ र रोहन मुस्तफा ४ रनमा नटआउट छन्।  

नेपालका लागि ललित राजवंशीले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले एक एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय .४८ रन बनाउँदा अलआउट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .