ad ad

राजनीति


उपराष्ट्रपति उम्मेदवारी कायम रहने निर्णयको जसपाले गर्‍यो स्वागत

उपराष्ट्रपति उम्मेदवारी कायम रहने निर्णयको जसपाले गर्‍यो स्वागत

नेपालखबर
फागुन २८, २०७९ आइतबार १२:३९, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राख्ने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ। 

उपराष्ट्रपतिका उम्मेदवार यादवको उम्मेदवारी कायम राख्ने निर्णय भएलगत्तै सञ्चारकर्मीसँगको कुराकानीमा जसपाका सांसद प्रदीप यादवले भने, ‘निर्वाचन आयोगको निर्णयलाई म स्वागत गर्न चाहन्छु। निर्वाचन आयोगले संविधान सम्मत काम गरेको छ। त्यस कारण आयोग निर्णयलाई जसपा स्वागत गर्दछ।’

उनले पार्टीका तर्फबाटै दिइएको अर्को उम्मेदवारी बारे पार्टीमा छलफल गरेर निर्णय गरिने पनि बताए।

‘अर्को उम्मेदवारीको सम्बन्धमा पार्टीमा हामी छलफल गर्छौं। छलफल गरेरै हामी निर्णय गर्छौँ’, उनले भने। 

जसपाले शनिबार प्रमिला यादवलाई पनि उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो। आयोगले रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्न सक्ने आशंकामा उसले प्रमिलालाई अघि सार्ने अभिप्रायले उम्मेवारी दिएको थियो। 

तर, आयोगले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने निर्णय गरेका कारण जसपाले प्रमिलालाई उम्मेदवारी फिर्ता लिन लगाउने बताइएको छ। आयोगले आइतबार अपराह्न ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय निर्धारण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .