ad ad

खेल


यूएईविरुद्ध २९ ‌ओभर सकिँदा नेपालले बनायो १०९ रन

यूएईविरुद्ध २९ ‌ओभर सकिँदा नेपालले बनायो १०९ रन

नेपालखबर
फागुन २८, २०७९ आइतबार ११:३७, काठमाडौँ

घरेलु टोली नेपालले आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स युएईविरुद्ध रन बनाउन संघर्ष गरिरहेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २९ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १०९ रन बनाएर खेलिरहेको छ। 

कप्तान रोहित पौडेल ४३ र आरिफ शेख १५ रनमा नटआउट छन्। 

पावर प्लेमा नै तीन ब्याटरलाई गुमाएको नेपालका लागि कप्तान रोहित पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। 

६२ बलमा ४ चौका मद्दतमा २९ रन बनाएका भीम सार्की क्याच आउट भए। युएईका रोहन मुस्तफाले रोहित र भीमको साझेदारी तोडेका थिए। 

घरेलु टोली नेपालले आठौँ ओभरमा नै तिन विकेट गुमाएको थियो। पाँचौँ ओभरमा दुवै ओपनरलाई गुमाएको नेपाले आठौँ ओभरको पहिलो बलमा कुशल मल्ललाई पनि गुमाएको छ। 

ओपनर आशिफ शेख १.५ ओभरमा आर्यन लाक्राको हातबाट शून्य रनमा बोल्ड आउट भए। कुशल भुर्तेल ४.३ ओभरमा ८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। 

कुशल मल्ल ९ रन बनाउँदा क्याच आउट भए। १५ बलको सामना गरेका मल्लले २ चौका हाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .