ad ad

खेल


लिग २ : यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै, दुई खेलाडी परिवर्तन

लिग २ : यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै, दुई खेलाडी परिवर्तन

नेपालखबर
फागुन २८, २०७९ आइतबार ९:३२, काठमाडौँ

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत संयुक्त अरब इमिरेन्ट्स (यूएई) सँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। 

ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ भने उनीहरुको स्थानमा गुलसन झा र ललित राजवंशीलाई मौका दिइएको छ।

नेपालले आजको खेलमा यूएईलाई हराए शीर्ष ५ मा रहेर आगामी ४ वर्षका लागि ओडीआई मान्यता जोगाउनेछ।

नेपाल घरेलु मैदानमा यूएईलाई हराउँदै ओडीआई मान्यता पक्का गर्न चाहन्छ। नेपाललाई सोझै विश्वकप छनोट खेल्न अबका बाँकी तीनै खेल जित्नुपर्नेछ।

यूएई पछिल्लो खेलमा खराब लयबाट गुज्रिरहेको छ। यता नेपाल भने पछिल्लो समय उच्च लयमा छ। 

नेपालले आइतबार यूएईलाई हराए ३६ अंक बनाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिनेछ।  लिग २ सिरिजका ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकमा नेपाल पाँचौं स्थानमा छ। 

३६ खेलमध्ये १६ मा जित र १७ मा हार भोगेको अमेरिका ३५ अंकमा चौथो स्थानमा छ।

उता यूएईलाई शीर्ष पाँचमा रहँदै ओडीआई मान्यता जोगाउन अबका बाँकी तीनै खेल जित्नुपर्ने दबाब छ।

आजको खेलमा नेपालसँग हारे यूएईलाई ओडीआई मान्यता सोझै पाउन कठिन हुनेछ। विश्वकप छनोटमा स्थान बनाउन भने क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .