आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत यूएईविरुद्ध जारी खेलमा नेपाललाई पहिलो झट्का लागेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमा नै ओपनर आशिफ शेखलाई गुमाएको छ।
आशिफ दोस्रो ओभरको पाँचौँ बलमा आर्यन लाक्राको बलमा बोल्ड आउट भए।
अहिले क्रिजमा कुशल भुर्तेल २ र कुशल मल्ल शुन्य रनमा नटआउट छन्।
33
Shares
प्रतिक्रिया