खेल


चर्च ब्वाइजको लगातार तेस्रो जित, हिमालयन शेर्पा निराश (तस्बिरहरु)

चर्च ब्वाइजको लगातार तेस्रो जित, हिमालयन शेर्पा निराश (तस्बिरहरु)

चर्च ब्वाइज र हिमालयन शेर्पाबीचको खेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १९:३८, काठमाडौँ

आशीष चौधरीको निर्णायक गोलमा शहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड क्लबले लगातारर तेस्रो जित निकालेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई १–० गोल अन्तरले पराजित गरेको हो। चर्च ब्वाइजका लागि खेलको दोस्रो हाफमा आशिष चौधरीले गरेको गोल नै निर्णायक बन्यो। 

लगातार तिन खेलमा जित निकालको चर्च ब्वाइज ६ अंकमा तालिकाको शीर्ष स्थानमा यथावत छ। लिगमा पहिलो हार व्यहोरेको हिमालयन शेर्पा पाँचौँ स्थानमा छ।

खेलको २० औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइज युनाइटेडलाई सुरुवाती अग्रता दिलाए। मैदानको मध्यभागबाट एरिक विष्टले दिएको पासलाई आशीषले उत्कृष्ट फिनिसिङ दिएका हुन्। 

त्यसअघि खेलको पाँचौं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टको प्रहार शेर्पाका अमृत श्रेष्ठले विफ २३ औँ मिनेटमा चर्च ब्वाइजका मिलन राईको प्रहार शेर्पाका गोलरक्षक विवस गिरीले रोक्दा अग्रता दोब्बर पार्ने मौका गुमायो। 

खेलको ३७ औं शेर्पाका सत्यम शर्माको फ्रिकिक पोष्टमा लाग्दै बाहिरिदा बराबरी गर्ने सुन्दर मौका गुमायो। ४४ औँ मिनेटमा चर्च ब्वाइजका आकाश चापागाइको प्रहार बारको माथिबाट बाहिरिरियो। 

खेलको ६२ औँ मिनेटमा शेर्पाका अमृत श्रेष्ठको  हेडर गोलरक्षक प्रिसोले रोके।

खेलको ६५ औं मिनेटमा चर्चब्वाइजका अशिष चौधरीले वन भर्सेस वनमा गोल गर्ने सुन्दर मौका गुमाउँदा अग्रता दोब्बर बनाउन चुक्यो।

खेलको ७६ औँ मिनेटमा शर्पाका सत्यमको प्रहार गोलरक्षकले रोक्दै बराबरीको गर्ने अवसर दिएनन्। 

लिगको दोस्रो चरणमा चर्च ब्वाइजले खुमलटारलाई ३–१ ले तथा पहिलो चरणमा विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबलाई २–१ ले हराएको थियो। 

शेर्पाले भने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई एक एक गोलको बराबरीमा रोकेको थियो। दोस्रो चरणमा नेपाल पुलिस क्लबलाई १–० ले हराएको थियो।

सबै तस्बिरहरु : सरोज नेपाल/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad