ad ad

खेल


थ्रीस्टारको पहिलो जित, खुमलटारको लगातार दोस्रो हार

थ्रीस्टारको पहिलो जित, खुमलटारको लगातार दोस्रो हार

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १७:३, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणमा आइपुग्दा थ्रीस्टार क्लबले पहिलो जित निकालेको हो। नव प्रवेशी एफसी खुमलटारले भने लिगमा लगातार दोस्रो हार व्यहोरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा थ्रीस्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले पाखा लगाएको हो। थ्रीस्टारको जितमा दुवै गोल अजायी मार्टिन्सले गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो। 

खेलको ५४ औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए। 

मार्टिन्सले नै खेलको ८३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। 

त्यसअघि खेलको नवौँ मिनेटमा थ्रीस्टारका पिटर सेगुनले फउल गरेपछि खुमलटारले फ्रिकीकको अवसर पाएको थियो । १० औं मिनेटमा मेसुकेको फ्रिकीक प्रहार पोष्टको माथिबाट आकाशियो। 

३० औँ मिनेटमा स्टेफल विनोङको प्रहार सेकेण्ड बारको नजिकबाट बाहिरिँदा खुमलटारले अग्रता बनाउने सुन्दर मौका गुमायो। 
३४ औँ मिनेटमा थ्रीटारका कप्तान विक्रम लामाको फ्रीकीक आकाशियो। 

थ्रीटारले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो। फ्रेण्ड्स क्लबसँग ३–३ को बराबरी गरेको थियो। 

लिगको पहिलो खेलमा खुमलटारले फ्रेण्ड्स क्लबलाई १–० गोलले हराएको थियो। दोस्रो खेलमा चर्च ब्वाइजसँग ३–१ ले पराजित भएको थियो। 

आजै हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा भिड्नेछन्। सो खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .