ad ad

खेल


पीएनजीसँग हार्‍यो यू‌एई, सोझै विश्वकप छनोट खेल्ने सम्भावना सकियो

पीएनजीसँग हार्‍यो यू‌एई, सोझै विश्वकप छनोट खेल्ने सम्भावना सकियो

तस्बिर : नेपाल क्रिकेट संघ


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १७:१०, काठमाडौँ

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजमा शुक्रबार यूएई पपुवा न्यु गिनीसँग पराजित भएको छ।

पीएनजीले पहिले ब्याटिङ गर्दै दिएको २४७ रनको चुनौती पाएर मैदानमा उत्रिएको यूएई ४२.२ ओभरमा १९० रनमा समेटियो।

पराजित यूएईकोतर्फबाटका आर्यान लाक्राले सर्वाधिक ५१ रन बनाए। यूएईका ओपनर मुहम्मद वासिमले ४१ रन बनाए। त्यसैगरी जावर फरिद र सीपी रिजवानले व्यक्तिगत १९-१९ रन जोडे।

विजयी पीएनजीका लागि राईली हेकुरेले ३ विकेट लिए। त्यस्तै असद भाला र कबुवा मोरियाले समान २-२ विकेट झारे। 

पपुवा न्यु गिनीसँग हारेसँगै लिग २ को शीर्ष तीनमा अटाएर विश्वकपमा छनोट हुने यूएईको बाटो बन्द भएको छ। अब यूएईले विश्वकप छनोटमा जान प्ले अफ खेल्नुपर्ने भएको छ। 

अबका तीन खेल जित्न नसके यूएईको एक दिवसीय मान्यता पनि खोसिने छ। बिहीबारको खेलमा नेपालसँग पराजित भएको पीएनजीले शुक्रबार पहिले ब्याटिङ गर्दै पूरै ५० ओभर खेलेर ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो।

पीएनजीकोतर्फबाट सेसे बाउ, किप्लिन डोरिगा र हिरी हिरीले अर्धशतक जोडे। बाउले १०६ बल खेल्दै १० चौका पनि हाने। उनले व्यक्तिगत ८१ रन बनाए। उता हिरी हिरीले ८५ बल खेल्दै ५ चौका र ४ छक्का हानेर ७७ रनको स्कोर गरे।

त्यसैगरी किप्लिन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का हान्दै ५५ रनको पारी खेले। पराजित यूएईका लागि आयान खानले ३ जुनेद सिद्धिकी र जाहोर खानले २-२ विकेट लिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .