खेल


अब्दुल्लाह अलमुताइरी वर्ष उत्कृष्ट प्रशिक्षक

अब्दुल्लाह अलमुताइरी वर्ष उत्कृष्ट प्रशिक्षक

उत्कृष्ट प्रशिक्षक घोषित अलमुताइरी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २३, २०७९ मंगलबार १६:२५, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरी वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत अल्मुताइरी उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्। 

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित समारोहमा अल्मुताइरीले उक्त अवार्ड ग्रहण गरे। 
 
अलमुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टोलीले आफ्नो प्रदर्शनलाई राम्रो सुधार गरेको थियो। 

उनको कमानमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ प्रतियोगित छनोटअन्तर्गत तेस्रो चरणसम्म पुगेको थियो। 

त्यसैगरी उनकै नेतृत्वमा गत वर्ष माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले फाइनल यात्रा तय गरेको थियो। तर नेपाल उपाधि जित्न भने चुकेको थियो। 

अल्मुताइरीले वर्ष प्रशिक्षक बन्ने क्रममा क्रिकेटका अस्ट्रेलियन डेव ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्टलाई उछिनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad