ad ad

खेल


एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन २३, २०७९ मंगलबार १५:४६, काठमाडौँ

नेपालका दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटर एतिहासिक स्वर्ण पदक जितेका छन्।

एसियालीस्तरको प्रतियोगितामा नेपालले सिनियरमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो।

नेपालले सिनियर पुरुष इभेन्टमा पनि स्वर्ण पदक जितेको छ।

१३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता दीपकले ३३ मिनेट ५२.०१ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।

दिपकले फोटो फिनिसमा जापानका खेलाडीलाई हराएका हुन्। जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०६ मा दौड पूरा गरेर रजत पदक पाए।

२६ जनाले भाग लिएको प्रतिस्पर्धामा नेपालका मुकेशबहादुर पाल ३४ मिनेट ३३.३९ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जिते।

सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण पदक जितेको छ।

दीपक, मुकेश र दीपक सुहानले १ घन्टा ४३ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण पदक जिते। इरानले रजत र भारतले कास्य पदक जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .