ad ad

खेल


नेयमारले सिजनका बाँकी खेल गुमाउने

नेयमारले सिजनका बाँकी खेल गुमाउने

नेपालखबर
फागुन २३, २०७९ मंगलबार ७:११, काठमाडौँ

पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टाइकर नेयमारले सिजनका बाँकी खेल गुमाउने भएका छन्। 

नेयमारको दाहिने खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएपछि सिजनको बाँकी खेल गुमाउने भएका हुन्।

ब्राजिलियन फरवार्ड नेयमारले गत फेब्रुअरी ११ मा पीएसजीको घरेलु मैदानम लिलीविरुद्ध ४–३ को जित हासिल गर्ने क्रममा दाहिने खुट्टामा चोट लागेको थियो। 

पीएसजीेले ३१ वर्षीय नेयमारले दायाँ खुट्टामा पछिल्लो समय चोटहरु धेरै बोकेका र चोट दोहोरिन नदिन शल्यक्रिया आवश्यक रहेको जनाएको छ। 

शल्यक्रियापछि नेयमारलाई प्रशिक्षण सुरु गर्न तीनदेखि चार महिनासम्म लाग्ने क्लबले जनाएको छ। 

पछिल्ला वर्षहरुमा नेयमारको दाहिने खुट्टामा चोट लागिरहेको छ। सन् २०२२ को कतार विश्वकपमा समूह चरणमा सर्वियाविरुद्धको खेलमा चोट लागेपछि उनले दुई खेल गुमाएका थिए। 

त्यसअघि सन् २०१९ मा दाहिने घुँडाको लिगामेन्ट च्यातिएपछि उनले कोपा अमेरिका पनि गुमाएका थिए। २०२१ मा पनि चोटकै कारण उनी धेरै हप्ता मैदान बाहिर थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .