ad ad

खेल


‘ए डिभिजन लिग’मा आज एपीएफ र थ्रीस्टार भिड्दै

‘ए डिभिजन लिग’मा आज एपीएफ र थ्रीस्टार भिड्दै

नेपालखबर
फागुन २०, २०७९ शनिबार १२:७, काठमाडौँ

‘ए डिभिजन लिग’अन्तर्गत शनिबार एपीएफ फुटबल क्लब र थ्रीस्टार क्लब भिड्दै छन्। खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ। 

एपीएफ टोपबहादुर विष्टको कप्तानीमा मैदान उत्रने छ। थ्रीस्टारको कमानी विक्रम लामाले सम्हाल्नेछन्। 

एपीएफका कप्तान विष्टले भने, लिगको तयारी राम्रै छ। पहिलाको भन्दा राम्रो पोजिसनमा आउने छौं। 

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले यो पटक आफुहरु च्याम्पियन हुने लक्ष्यमा रहेको बताएका छन्। 

एफसी क्लब लाइसेन्स लिएपछि एपीएफ विदेशी खेलाडी राख्ने पहिलो विभागीय टोली हो। एपीएफले गत सिजन रलिगेसन खतरामा पर्न थालेपछि विदेशी खेलाडी टोलीमा समावेश गरेको थियो। 

तर यो पटक लिगको सुरुवात बाट नै एपीएफले विदेशी खेलाडी मैदान उतार्नेछ। एपीएफले यो पटक  चार विदेशी खेलाडीलाई टोलीमा राखिसकेको छ।  

स्पेनमा रहेका आवास लामिछाने दुई खेलपछि टोलीमा उपलब्ध हुनेछन्। गत सिजन टोलीमा भएका आशिष लामा, रवि थिङ र राजन गुरुङ यो पटक टोलीमा उपलब्ध हुनेछैनन्। उनीहरु सबै वैदेशिक रोजगारीका लागि अष्ट्रेलियामा छन्। टोलीमा यो पटक गोलरक्षक एन्जल श्रेष्ठ थपिएका छन्। 

यता थ्रीस्टारमा यो पटक मुख्य प्रशिक्षक मेघराज केसी फर्किएका छन्। सहायक प्रशिक्षक विनोद माझीले एक महिनाको तयारीमा लिग खेल्न लागेको बताए। उनले भने, अनुभवी र युवा खेलाडीलाई समेटेर टोली बनाएका छौं। यसपाली च्याम्पियन हुन नै प्रतिस्पर्धा गर्नेछौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .