नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्यू गिनीविरुद्धको खेलमा ब्याटिङमा पनि आफ्नो कुशलता देखाएका छन्।
पीएनजीविरुद्धको महत्वपूर्ण खेलमा एक विकेट लिएका उनले ब्याटिङतर्फ नवौँ क्रममा आएर पनि सम्हालिएर खेलेका हुन्।
नेपाल हारतर्फ उन्मुख भइरहेका बेला उनले ओपनर आशिफ शेखलाई साथ दिँदै अर्धशतकीय साझेदारी गरिसकेका छन्।
सन्दीपले ४८ बलमा २९ रन बनाउँदै ब्याटिङतर्फ पनि सर्वाधिक स्कोरको व्यक्तिगत रेकर्ड बनाएका हुन्।
उनले यसअघि व्यक्तिगत २८ रनको सर्वाधिक स्कोर गरेका थिए। उनले आजको खेलमा ५० बलको सामना गर्दै ३५ रन बनाए।
उनले ओपनर आशिफसँग ७७ रनको साझेदारी पनि गरेका थिए। सन्दीपले बलिङतर्फ आज १ विकेट लिएका थिए।
375
Shares
प्रतिक्रिया