ad ad

खेल


सन्दीपको साथ पाएपछि आशिफले सम्हाले इनिङ्स, पीएनजीविरुद्ध रोमाञ्चक जित

सन्दीपको साथ पाएपछि आशिफले सम्हाले इनिङ्स, पीएनजीविरुद्ध रोमाञ्चक जित

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १८:४९, काठमाडौँ

स्पिनर सन्दीप लामिछानेले ब्याटिङमा आशिफ शेखलाई बलियो साथ दिँदा नेपालले विश्वकप छनौटको सम्भावना जीवितै राखेको छ।

आईसीसी लिग २ मा शुक्रबार नेपालले पपुवा न्यू गिनीलाई ३ विकेटले पराजित गरेको हो। 

ओपनर आसिफ शेखले नेपालका लागि नटआउट ८६ र सन्दीपले ३५ रन बनाए। 

विश्वकप छनौटमा पुग्न नेपालले बाँकी सबै खेल जित्नै पर्ने दबाब छ।

नवौँ क्रममा आएका सन्दीपले ओपनर आशिफलाई बलियो साथ दिँदा नेपालको जित सम्भव भएको हो। 

७ विकेट गुमेपछि क्रिजमा आएका सन्दीपले आशिफसँग ७७ रनको पार्टनरसिप गरे। 

नेपालका लागि कुशल मल्लले २३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कुशल भुर्तेल पहिलो बलमै आउट हुँदा अर्का ओपनर आसिफ एक्लैले ८ जनासँग साझेदारी गरेका थिए। १४ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ६ रनमा र भीम शार्की ८ रनमै आउट भए। 

कप्तान रोहित पौडेल १ रनमै आउट हुँदा आरिफले पनि एक रनभन्दा जोड्न सकेनन्। दीपेन्द्रसिंह ऐरीले ८ रन बनाउँदा कुशल मल्लले २३ रन जोडे। तर एकपछि अर्को विकेट पतन हुँदा नेपाल दबाबमा थियो। 

दबाबकाबीच करण केसी र सोमपाल कामीलाई बेन्चमै राखेर सन्दीपलाई पठाइएको थियो। यसअघि युएईविरुद्ध २६ रनको नटआउट पारि खेलेका सन्दीपलाई त्यही विश्वासमा कप्तानले जिम्मेवारी दिएका थिए। 

जुन जिम्मेवारी उनले कुशलतापूर्वक पूरा गर्दा नेपालले लगातार दोस्रो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको हो। यसअघि सोमबार पहिलो खेलमा पनि नेपालले ४ विकेटले पराजित गरेको थियो। 

टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यु गिनीले ४९.२ बलमा अलआउट हुँदै १ सय ७९ रन बनाएको थियो। 

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान दुई विकेट लिए। कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान एक विकेट हात पारेका थिए। 

ओपनर टोनी उरा र किपलिन डोरिगाले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै पीएनजीलाई राम्रो सुरुवात दिलाएका थिए।

११ औँ ओभरमो तेस्रो बलमा सन्दीप लामिछानेले किपलिनलाई २६ रनमा एलबीडब्लु धरापमा पारे। उरा ३९ रनमा सोमपाल कामीको बलमा क्याच आउट भए। 

सेसे बाउ र कप्तान असद भाला समान ११ रनमा पवेलियन फर्के। 

हिरि हिरि ३१ रन बनाउँदा दिपेन्द्रको बलमा क्याच आउट भए। गउडी टोका १५ रनका ऐरीको बलमा बोल्ड आउट भए।

चाड सोपर ९ रनमा रन आउट भएका थिए। पिएनजीले भने युएईलाई पराजित गरेको छ भने नेपालसँग दुवै खेलमा पराजित भएको छ। 

अब युएईसँग सोमबार एक खेल खेलेर नेपाल श्वदेश फर्किनेछ। लिग २ का अन्तिम चरणका खेल भने कीर्तिपुरमै हुनेछन्। जहाँ नेपालले युएई र पीएनजीसँगै समान २ खेल खेल्नेछ।

यी चार खेल नै जिते नेपाल विश्वकप छनौटमा पुग्नेछ। ३१ खेलबाट नेपालले ३० अंक जोड्दा एक खेल कम खेलेको युएईको ३१ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .