खेल


मच्छिन्द्रले जित्यो केपी ओली कप फुटबलको उपाधि

मच्छिन्द्रले जित्यो केपी ओली कप फुटबलको उपाधि

सरोज नेपाल
फागुन १७, २०७९ बुधबार १९:३५, काठमाडौँ

केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका मछिन्द्र फुटबल क्लबले जितेको छ।

दशरथ रंगशलामा बुधबार साँझ भएको पहिलो संस्करणको फाइनल भिडन्तमा मच्छिन्द्रले टाइ ब्रेकरबाट उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो। 

निर्धारित ९० मिनेटको समय दुवै क्लबले १-१ गोलको बराबरी खेलेपछि उपाधिको छिनोफानो टाइ ब्रेकरबाट गरिएको हो। 

टाइ ब्रेकरमा मच्छिन्द्रका ५ खेलाडीको प्रहार गोलमा परिणत भयो। उता पराजित सात दोबाटोका एकजना खेलाडीको प्रहार रोकिँदा ५-४ ले उपाधिको टुंगो लागेको हो। 

फाइनल पुग्ने क्रममा सोमबार मछिन्द्रले आयोजक केपी ओली फुटबल क्लबलाई १–० गोल अन्तर पराजित गरेको थियो।

उता सातदोबाटोले पनि त्रिभुवन आर्मीलाई सडन डेथमा हराएर फाइनल तय गरेको थियो। 

फाइनल हुनुअघि मैदानमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए। यससँगै मच्छिन्द्रले १० लाख र उपविजेता सातदोबाटोले ५ लाख रुपैयाँ जितेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .