ad ad

खेल


लगातार विकेट पतनसँगै दबाबमा नेपाल

लगातार विकेट पतनसँगै दबाबमा नेपाल

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १४:३१, काठमाडौँ

लगातार विकेट पतनपछि आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल दबाबमा आएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल लगातार विकेट पतनसँगै दबाबमा आएको हो। 

१८.४ ओभरको समाप्तीमा नेपाल ५ विकेट गुमाएर ६१ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल ६ र दिपेन्द्र सिंह ऐरी शून्य रनमा नटआउट छन्। 

नेपालले १७.१ ओभरमा ४ विकेट गुमाइसकेको छ। १.१ ओभरमा ओपनर कुशल मल्ललाई गुमाएको नेपालले ६.५ ओभरमा आशिफ शेखलाई गुमाएको थियो। 

ज्ञानेन्द्र मल्ल १०.३ ओभरमा मार्क वाटको बलमा एलबीडब्लु धरापमा परे। १७.१ ओभरमा कुशल मल्ल क्रिस ग्रिभ्सको बलमा बोल्ड आउट भए। 

सन्दीप जोरा १ रनमा क्याच आउट भए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्याण्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .