ad ad

खेल


नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत प्रस्थान

नेपालखबर
फागुन १, २०७९ सोमबार १४:२३, काठमाडौँ

भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोेली सोमबार भारत प्रस्थान गरेको छ। 

भारतीय फुटबल संघको निमन्त्रणामा राष्ट्रिय टोली मैत्रीपूर्ण खेलका लागि भारत गएको हो।

राष्ट्रिय टोलीमा कप्तान रेनुका नगरकोटेले पुनरागमन गरे पनि कप्तानीमा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई नै निरन्तरता दिइएको छ। 

नेपाली टोलीले आगामी बुधबार र शनिबार दुुई मैत्रीपूर्ण खेल खेल्नेछ। दुवै खेल चेन्नईको जवाहरलाल नेहरु स्टेडियममा हुनेछन्। खेल राति पौने ८ बजे हुनेछ। 

गत भदौमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको थियो। त्यसपछि नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। 

अन्तिम टोली
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर : हीराकुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समिक्षा घिमिरे

मिडफिल्डर : विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दिपा शाही, रेनुका नगरकोटे, अनिता बस्नेत, प्रिती राई, अनिता केसी

फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, निर्मला विक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .