ad ad

राजनीति


भारतीय विदेश सचिवले महन्थ ठाकुरदेखि सीके राउतसम्मलाई भेट्ने

भारतीय विदेश सचिवले महन्थ ठाकुरदेखि सीके राउतसम्मलाई भेट्ने

सोमबार काठमाडौं उत्रिएका भारतीय विदेशसचिव विनयमोहन क्वात्रा


नेपालखबर
फागुन १, २०७९ सोमबार १४:२३, काठमाडौँ

सोमबार नेपाल आइपुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राजनीतिक भेटघाट थालेका छन्। 

उनले सोमबार परराष्ट्र मन्त्रालयमा नेपालस्थित समकक्षी भरतराज पौड्याललाई भेटेर संवाद गरेका छन्। 

क्वात्राले सोमबार नै परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने भएका छन्।

उनले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ।

क्वात्रा मंगलबार पनि भेटघाटमा सक्रिय हुने भएका छन्। उनले मंगलबार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई पनि भेट्ने भएका छन्।

त्यसैगरी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेताहरुलाई पनि भेट्ने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .