पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवान नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भेट्न नेपाल आइपुगेका छन्।
सन्दीपलाई रिजवानले आइतबार नेपाल आएर भेट गरिसकेका छन्।
रिजवान सन्दीपलाई हौसला दिनका लागि नेपाल आएको बुझिएको छ।
रिजवानले सोमबार बिहान नेपाली क्रिकेट टोलीलाई पनि भेट गरेका छन्।
उनी सोमबारै पाकिस्तान फर्किने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
बलात्कार आरोप लागेका सन्दीप अहिले नामिबिया र स्कटल्याण्डसँगको सिरिजका लागि बन्द प्रशिक्षणमा छन्।
माघ २३, २०७९, साेमबार
प्रतिक्रिया