भारतले तेस्रो टी-२० म्याचमा न्युजिल्यान्डलाई १६८ रनले हराइदिएको छ। भारतको जितमा २३ वर्षीय ओपनर शुभमन गिल चम्किए।
वानडेमा पछिल्ला चार भिडन्तका क्रममा तीन शतक हान्ने गिल पहिलो दुई टी-२० उल्लेख्य प्रदर्शन गर्नबाट चुकेका थिए।
यसको क्षतिपूर्ति उनले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गरेका छन्। तेस्रो खेलमा उनले १२६ रन जोडेर शानदार पारी खेले।
गिल यसका साथै टी-२० इन्टरनेशनलमा भारतको तर्फबाट सबैभन्दा धेरै खेल्ने ब्याट्सम्यान बने।
उनले विराट कोहली (१२२ रन) को कीर्तिमान पनि तोडेका छन्। त्यस्तै रोहित शर्माको ११८ रनको स्कोरलाई पनि गिलले उछिनेका छन्।
गिल अब टी-२० फर्म्याटमा भारतका लागि सतक बनाउने सबैभन्दा युवा खेलाडी बनेका छन्।
उनले सुरेश रैनाको रेकर्ड पनि तोडेका छन्। रैनाले यसअघि २३ वर्ष १५६ दिनको उमेर हुँदा टी-२० फर्म्याटमा १०१ रनसहित शतक बनाएका थिए। त्यस्तै केएल राहुलले २४ वर्ष १३१ दिनको हुँदा ११० रनसहित टी-२० मा शतक बनाएका थिए।
गिलको शतक टी-२० इन्टरनेशनलमा भारतीय ब्याटसम्यानको जम्मा १३ औँ शतक हो। भारतीय खेलाडीतर्फ रोहित शर्मा चार शतकसहित सबैभन्दा अगाडि छन्।
गिलले पछिल्लो ६ महिनामा तीनै फर्म्याट अर्थात टेस्ट, वानडे र टी-२० मा शतक हानेका छन्। गिल तीनै फर्म्याटमा शतक बनाउने भारतका अहिलेसम्मकै केबल पाँचौँ र विश्वका २१ औँ ब्याट्सम्यान हुन्।
गिलभन्दा अघि सुरेश रैना, केएल राहुल, रोहित शर्मा र विराट कोहली यो रेकर्ड बनाउन सफल भएका छन्।
गिल तीनै फर्म्याटमा शतक बनाउने विश्वका दोस्रो युवा ब्याटसम्यान पनि हुन्।
पाकिस्तानका मोहम्मद शहजादले २२ वर्ष १२७ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका थिए। गिलले यो उपलब्धि २३ वर्ष १४६ दिमा हासिल गरे।
गिल चम्किरहँदा न्यूजिल्यान्डको टिम तेस्रो टी-२० मा केबल ६६ रनमा अलआउट भएको थियो।
यो भारतीय पिचमा टी-२० इन्टरनेशनलतर्फ कुनै पनि टिमको सबैभन्दा थोरै स्कोर हो।
प्रतिक्रिया