रौतहटमा प्रहरीमाथि चक्कु प्रहार भएको छ। गौर नगरपालिका २ लालबकैया खोलापारी केराघारीमा फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथी बुधबार दिउँसो चक्कु प्रहार भएको हो।
डाँका चोरी र ज्यान मार्ने उद्योगमा फरार रहेका गौर ८ कोइरी टोलका १९ वर्षीय राहुल यादव र अर्का व्यक्तिले चक्कु प्रहार गर्दा जिल्ला प्रहरी कार्यालय रौतहटका सहायक हवल्दार सुरेश यादव घाइते भएका छन्।
यादवको दाहिने हातमा चोट लागेको छ।
प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले पेस्तोलबाट एक राउण्ड हवाईफायर गरी राहुललाई नियन्त्रणमा लिएको छ।
घटनास्थलबाट भागेका गौर ४ का १९ वर्षीय रवि यादवलाई बिहीबार बिहान १० बजेतिर पक्राउ गरेको रौतहटका डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माघ १९, २०७९, बिहीबार
प्रतिक्रिया