स्पेनका दुई ठूला क्लब बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमै भिड्ने भएका छन्।
सेमिफाइनलको तालिका अनुसार ओसासुनाले एथ्लेटिको क्लबसँग खेल्नेछ भने बार्सिलोना र रियल आमनेसामने हुने भएका हुन्।
सेमिफाइनल खेल होम एण्ड अवे मैदानमा हुनेछ। फेब्रुअरी २८ मा रियल मड्रिडको मैदानमा र अप्रिल ४ मा बार्सिलोनाको घरेलु मैदानमा खेल हुनेछ।
ओसासुनाले पहिलो खेल घरेलु मैदानमा र दोस्रो खेल एथ्लेटिक क्लवको मैदानमा खेल्नेछ।
यसअघि बार्सा र रियल स्पेनिस सुपर कपको फाइनल खेलेका थिए। रियललाई ३–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको थियो।
ला लिगाको पहिलो भेटमा भने रियलले बार्सालाई ३–१ ले नै पराजित गरेको थियो।
ला लिगामा पनि बार्सिलोना र रियलकै टक्कर छ। १८ औं चरणका खेल सकिँदा बार्सिलोना ५ अंकले अगाडी छ। बार्सिलोना ४७ अंकसहित शीर्षस्थानमा हुँदा रियल ४२ अंकसहित दोस्रो स्थानमा छ।
प्रतिक्रिया