बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले युक्रेन आक्रमणअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएको आरोप लगाएका छन्।
जोनसनका अनुसार प्रधानमन्त्री छँदा उनले फोनवार्ताका क्रममा आफूले पुटिनलाई युद्ध चरम विनाशकारी हुने बताएका थिए। युद्ध भए पश्चिमले नाकाबन्दी गर्ने र युक्रेन नेटोमा सहभागी हुने पनि बताएका थिए।
‘एक विन्दुमा उनले मलाई धम्क्याए र भने, ‘बोरिस, म तपाईंलाई दुःख दिन चाहन्नँ। तर, क्षेप्यास्त्र त एकै मिनेटमा हान्न सकिन्छ,’’ जोनसनले बीबीसीको एक डकुमेन्ट्रीमा दाबी गरेका छन्।
तर, रुसले भने जोनसनले ढाँटेको आरोप लगाएको छ।
पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले भने, ‘या त जोनसनले जानीजानी झुटो बोलेका हुन्, या उनले राष्ट्रपति पुटिनले बोलेको कुरा ठिकसँग बुझेनन्। क्षेप्यास्त्र प्रयोग गर्ने धम्की दिइएको छैन।’
पुटिन र जोनसनबीच संवाद भएको केही सातापछि नै रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। बीबीसी
प्रतिक्रिया