ad ad

खेल


बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा चार जनाले पाए सय डलर

बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा चार जनाले पाए सय डलर

नेपालखबर
माघ १५, २०७९ आइतबार १२:२८, काठमाडौँ

तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा चार खेलाडीले जनही एक सय डलर पुरस्कार पाएका छन्।

प्रतियोगितामा चार विधामा उत्कृष्ट दुई महिला र दुई जना पुरुषले स्वर्ण पदकसहित एक सय लडर पुरस्कार जितेका हुन्। 

बूढानीलकण्ठ नगरपालिकाकी युनिका खितवडा पुम्से विधामा, गेरोगीतर्फ पुरुषमा आयोजक जैशीदेवल युथ क्लब ‘बी’ का सुरेशहाङ लिम्बू तथा महिलामा काठमाडौंकी दिया रजक उत्कृष्ट खेलाडी घोषित भए। यस्तै, पुम्सेको पुरुषमा गोदावरी नगरपालिकाका पिरव महर्जन उत्कृष्ट खेलाडी चुनिएका हुन्। उत्कृष्ट चारै जनाले १ सय अमेरिकी डलर नगद पुरस्कार पाए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौं महानगरपालिका टिम च्याम्पियन बनेको छ। काठमाडौंले ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो।

यस्तै, ३ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै आयोजक जैशीदेवल युथ क्लब ‘बी’ दोश्रो भयो भने भक्तपुर नगरपालिकाले २ स्वर्ण र ४ कांस्यसहिशत तेश्रो स्थान हात पार्यो।

प्रतियोगितामा काठमाडौंका सौरभ रजक उत्कृष्ट प्रशिक्षक तथा भाष्कर श्रेष्ठ उत्कृष्ट निर्णायक बने। दुवैले जनही १ सय ५० अमेरिकी डलर पुरस्कार हात पारे।

आयोजकको २ सहित २० टिम सहभागी २० स्पर्धामा ३ सय खेलाडी सहभागी थिए। 

विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले शनिबार एक कार्यक्रमबीच पुरस्कृत गरे।

बूढानीलकण्ठ नगरपालिकाले उत्कृष्ट एक सहित दुई स्वर्ण पदक हात पारेको प्रशिक्षक दीपक दुलालले जानकारी दिए। उनका अनुसार पुम्से विधामा युनिकाले स्वर्णसहित सर्वोत्कृष्ट र बूढानीलकण्ठकै कृतिका कटवालले ग्यारोगी विधामा स्वर्ण पदक जितेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .