ad ad

खेल


५ खेलाडीलाई आएको थियो स्पट फिक्सिङको अफर, अस्वीकार गर्दा ३ जना जोगिए

५ खेलाडीलाई आएको थियो स्पट फिक्सिङको अफर, अस्वीकार गर्दा ३ जना जोगिए

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
माघ १०, २०७९ मंगलबार १५:१५, काठमाडौँ

नेपाल टी २० लिगमा स्पट फिक्सिङका लागि ५ खेलाडीलाई अफर आएको अनुसन्धानबाट खुलेको छ। 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा कर्मसियल तथा रणनीतिक साझेदार रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्को आयोजनामा भएको लिगमा ५ खेलाडीमाथि फिक्सिङको प्रस्ताव आएको सीआइबीले जनाएको छ। 

फिक्सिङको अफर ३ खेलाडीले अस्वीकार गरेका थिए। उनीहरुले फिक्सिङको अफर आएपछि एसीयूलाई रिपोर्ट गराएका थिए। काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्ना एक खेलाडीलाई फिक्सिङको लागि प्रस्ताव आएको बताएका थिए। प्रस्ताव अस्विकार गर्ने तीन खेलाडी को हुन् भन्ने बारेमा भने सीआईबीले खेलाडीको नाम गोप्य राखेको छ। 

२ खेलाडीले भने फिक्सिङको प्रस्ताव स्वीकार गरे। प्रस्ताव अनुसार नै मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएको, उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको देखिएको अनुसन्धानबाट खुलेको छ।

फिक्सिङमा १ खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशी रहेको अनुसन्धानबाट खुलेको छ। फिक्सिङमा व्यवस्थापकको भुमिकामा रहेका ४ जना, एक जना खेलाडी र बाहिरी व्यक्ति १ जनाको संलग्नता रहेको जनाएको छ। 

स्पट फिक्सिङको आरोपमा प्रहरीले पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल आलमलाई पक्राउ गरिसकेको छ। उनीहरुलाई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ।  

जनकपुर रोयल्सबाट नेपाल टी २० लिगमा ८ खेल खेलेका आदिलले  फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरको फ्याकेको नो बलले उनी शंकाको घेरामा तानिएका थिए। 

महबुब आलम भने स्पट फिक्सिङका लागि बाहिरबाट भूमिका खेलेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .