ad ad

खेल


सीआईबीले भन्यो– स्पट फिक्सिङमा १० जनाको संलग्नता, २ पक्राउ

सीआईबीले भन्यो– स्पट फिक्सिङमा १० जनाको संलग्नता, २ पक्राउ

नेपालखबर
माघ १०, २०७९ मंगलबार १४:४३, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भर्खरै सम्पन्न नेपाल टी२० लिगसँग जोडिएको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको पुष्टि गरेको छ। 

आज पत्रकार सम्मेलन नै गरी चार जना नेपाली र ६ जना विदेशीको संलग्नता रहेको सीआईबीले जनाएको हो। नेपालीमा १ जना खेलाडी नै संलग्न रहेको सीआईबीले जनाएको छ। त्यस्तै व्यवस्थापकको भूमिकामा रहेका ४ जना विदेशीमध्ये १ जना खेलाडी र अर्को एक जना बाहिरी व्यक्ति रहेका छन्। 

यसमध्ये २ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा महबुब आलम र आदिल आलम रहेका छन्। 

उनीहरुलाई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ। 

खेलाडीलाई फिक्सिङको अफर आएपछि एन्टी करप्सन युनिटमा रिपोर्ट गर्नुपर्नेमा २ खेलाडीले नगरेको अनुसन्धानबाट खुलेको छ। 

महबुबले दुई खेलाडीलाई फिक्सिङको अफर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .