ad ad

खेल


नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष

प्रतिवेदन र संलग्नलाई आगामी साता सार्वजनिक गर्ने
नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष

नेपालखबर
माघ ६, २०७९ शुक्रबार १७:४८, काठमाडौँ

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको निस्कर्षमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) को नेतृत्वमा ५ सदस्यीय समिति बनाएर अनुसन्धान गरिरहेको सीआईबी फिक्सिङ भएको निस्कर्षमा पुगेको हो। 

सीआईबीका प्रवक्ता संजय थापाले भने, ‘प्रतिवेदन लगभग निस्कर्षमा पुगेको छ। अहिलेको हाम्रो छानबिनले फिक्सिङ भएका आधारहरु पर्याप्त देखाएको छ। संलग्न व्यक्तिहरु पनि खुलिसकेको छ। हामी प्रतिवेदनसँगै सार्वजनिक गर्छौं।’

अहिले नै यी व्यक्तिहरु हुन्, यति संख्यामा छन् भनेर बताउन नमिल्ने थापाले बताए। 

‘आउने हप्ताको सुरुमै हामी प्रतिवेदन सार्वजनिक गर्छौं र फिक्सिङमा संलग्नहरु पनि सार्वजनिक गर्छौं। संलग्न व्यक्तिहरु कानुनको दायरामा आउँछन्’, थापाले भने। 

फिक्सिङको आशंका देखिएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। 

छानबिनका क्रममा राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ, आयोजक र खेलाडीहरुसँग सीआईबीले सोधपुछ गरेको थियो। यस्तै क्रिकेटका जानकारहरुसँग पनि सीआईबीले सोधपुछ गरेर प्रतिवेदन तयार गरेको हो। 

पुस ९ गतेदेखि कीर्तिपुर मैदानमा भएको लिग सुरुबाटै बिबादमा परेको थियो। यस्तै खेलहरु अस्वभाविक देखिएको भन्दै फिक्सिङको आशंका गरिएको थियो।

अन्ततः सीआईबीले स्पट फिक्सिङको निस्कर्ष निकालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .