ad ad

राजनीति


उपसभामुखको निर्वाचनमा सांसदहरुलाई कांग्रेसको ह्विप

उपसभामुखको निर्वाचनमा सांसदहरुलाई कांग्रेसको ह्विप

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १८:०, काठमाडौँ

नेपाली कांग्रेसले शनिबार हुन गइरहेको उपसभामुखको निर्वाचनमा आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ। 

संसदीय दलका मुख्य सचेतक रमेश लेखकले उपसभामुखमा पार्टीकी उम्मेदवार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्। 

‘नेपाली कांग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र माननीय मुक्ता कुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र माननीय इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखकज्यूले व्हिप जारी गर्नु भएको छ,’ दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

उपसभामुख चयनका लागि शनिबार १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .