नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा दोस्रो पटक स्वर्ण पदक जितेकी छिन्।
शुक्रबार बिहान ढाकामा भएको म्याराथनको साफ एलिटतर्फ पुष्पाले स्वर्ण जितेकी हुन्।
पुष्पाले ४२.१९५ को निर्धारित दुरी २ घण्टा ४८ मिनेट २ सेकेण्डमा पार गर्दै नेपाललाई स्वर्ण दिलाएकी हुन्।
नेपालकै विन्द्रा धानके श्रेष्ठले तेस्रो स्थान हात पारिन्।
श्रीलंकाकी सुजनी परेराले रजत पदक जितेकी छिन्। पुष्पाले सुजनीलाई २० सेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन्।
पुष्पाले यसअघि सन् २०२१ मा पनि स्वर्ण पदक जितेकी थिइन्। २०२२ मा भने उनले कास्य पदक हात पारेकी थिइन्।
195
Shares
प्रतिक्रिया