ad ad

खेल


धेरै कमाउने फुटबल क्लबमा म्यानचेस्टर सिटी पहिलो, रियल दोस्रो

उच्च २० मध्ये इंग्लिस प्रिमियर लिगकै परे ११ क्लब
धेरै कमाउने फुटबल क्लबमा म्यानचेस्टर सिटी पहिलो, रियल दोस्रो

नेपालखबर
माघ ५, २०७९ बिहिबार १२:४६, काठमाडौँ

विश्व फुटबलका सबैभन्दा धनी क्लबहरुमध्ये आम्दानीका हिसाबले आधाभन्दा धेरै प्रिमियर लिग क्लबले वर्चस्व कायम गरेका छन्। 

डिलोइट मनी लिगले सन् २०२१–२२ मा गरेको एक अध्ययनअनुसार प्रिमियर लिगका ११ क्लबले शीर्ष २० मा स्थान बनाएका हुन्। 

२६ वर्षदेखि हुँदै आएको यो अध्ययनमा एकै लिगबाट आधाभन्दा धेरै क्लब धनी क्लबको शीर्षमा अटाएको यो पहिलोपटक भएको बीबीसीले जनाएको छ।  

अध्ययनका अनुसार म्यानचेष्टर सिटी धनी क्लबहरुको शीर्ष स्थानमा यथावत् छ। सन् २०२०–२१ मा ५७ करोड ११ लाख पाउन्ड स्टर्लिङ आम्दानी गरेको सिटीले सन् २०२१–२२ मा ६१ करोड ९१ लाख आम्दानी गर्दै पहिलो स्थानमा रहेको छ।  

दोस्रो स्थानमा रहेको ला लिगा क्लब रियल मड्रिडले सन् २०२१–२२ मा ६० करोड ४५ लाख पाउन्ड आम्दानी गरेको छ। अघिल्लो सिजनमा क्लबले ५६ करोड ७३ लाख पाउन्ड आम्दानी गरेको थियो। रियल गत सिजन पनि दोस्रो स्थानमा नै थियो। 

सर्वाधिक धेरै आम्दानी गर्नेमा तेस्रो स्थानमा रहेको इंग्लिस क्लब लिभरपुलले गत सिजनमा ५९ करोड ४३ लाख पाउन्ड आम्दानी गरेको छ। त्यसअघिको सिजनमा उसले ५६ करोड ७३ लाख पाउन्ड कमाएको थियो। यसअघि लिभरपुल सातौँ स्थानमा रहेको थियो। 

म्यानचेष्टर युनाइटेड, चेल्सी, टोटनह्याम र आर्सनल सर्वाधिक धनी क्लबहरुको शीर्ष १० मा परेका छन्। वेष्ट ह्याम, लेष्टर, लिड्स, एभर्टन र न्यु क्यासलले शीर्ष २० मा पुगेका छन्। शीर्ष २० क्लबहरुले सन् ९.२ बिलियन युरो आम्दानी गरेका छन्। 

आर्सनल सन् २०१८–१९ पछि पहिलो पटक शीर्ष १० मा स्थान बनाउन सफल भएको थियो। लिड्स सन् २००२–०३ पछि न्यु क्यासलले ठुला खेल खेल्दै धनी क्लबहरुको वरीयतामा पुनरागमन गर्ने इङिलस क्लब हुन्। 

यो पटक क्लबहरुको आम्दानी बढ्नुको मुख्य कारण कोभिड–१९ का कारण लागेको प्रतिबन्धपछि स्टेडियममा फुटबल समर्थक फर्कनु नै होे। जसका कारण क्लबहरुको आम्दानी १ सय ११ मिलियन युरोबाट बढेर १.४ विलियन युरो पुगेको छ। 

प्रिमियर लिगका शीर्ष ६ क्लबहरु चेल्सी, लिभरपुल, म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड र टोटनह्याम हट्सपुरले १५ प्रतिशतभन्दा बढी आम्दानी गरेका छन्। 

विश्व फुटबलका धनी क्लबहरुमा सिटी पहिलो र रियल मड्रिड दोस्रो स्थानमा हुँदा लिभरपुल तेस्रो स्थानमा छ, म्यानचेष्टर युनाइटेड चौथो र पेरिस सेन्ट जर्मेन पाँचौ, वार्यन म्युनिख छैटौँ स्थानमा छ। 

बायर्न यसअघि तेस्रो स्थानमा रहेपनि यो पटक छैटौँ स्थानमा झरेको छ। बार्सिलोनाको पनि यो सिजन आम्दानी घटेको छ। यसअघि चौथो स्थानमा रहेको बार्सा यो पटक सातौँ स्थानमा झरेको छ। चेल्सी आठौँ स्थानमा यथावत छ। टोटहम हट्सपुर नवौँ र आर्सनल दर्शौ स्थानमा छन्। 

यो सिजन युभेन्टसको आम्दानी भने घटेको छ। यसअघि शीर्ष १० मा स्थान बनाएको युभेन्टस यो पटक ११ औँ स्थानमा झरेको छ। एथलेटिको मड्रिड १२, बोरुसिया डर्टमुन्ड १३, इन्टर मिलान चौँधौँ, वेष्टह्याम युनाइटेड पन्धौँ स्थानमा छ। 

एसी मिलान, लेष्टर सिटी, लिड्स युनाइटेड, एभर्टन र न्यु क्यासल युनाइटेडले शीर्ष २० मा स्थान बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .