ad ad

खेल


कतार विश्वकप सकिए पनि रिचार्लिसनलाई दुखिरहेको छ ब्राजिलको पराजय

कतार विश्वकप सकिए पनि रिचार्लिसनलाई दुखिरहेको छ ब्राजिलको पराजय

नेपालखबर
माघ ४, २०७९ बुधबार १३:३३, काठमाडौँ

कतार विश्वकप सकिएको एक महिना भएको छ। उपाधि दाबेदार मानिएको ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित हुँदै बाहिरएको थियो। 

उपाधि जित्ने सम्भावना भए पनि अन्तिम ८ बाटै बाहिरिएपछि ब्राजिलियन समर्थकहरु अहिले पनि दुःखमा छन्। उनीहरुले पश्चात्ताप गरिरहेका छन्। 

समर्थकसँगै ब्राजिलको हारलाई बिर्सन नसकेका टोटनहम हटस्परका स्टाइकर रिचार्लिसन पनि अझै दुःखमा छन्। रिचार्लिसन विश्वकपमा ब्राजिलका मुख्य खेलाडी थिए। रिचार्लिसनले समूह चरणमा विश्वकप भएका उत्कृष्ट गोलहरुमध्ये एक गोल उनको नाममा छ। 

ब्राजिल कम्तीमा विश्वकपको सेमिफाइनलमा पुग्ने अपेक्षा गरिएको थियो। सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनाको सामना गर्ने थियो। तर टाइब्रेकरमा क्रोएसियासँग पराजित हुँदै ब्राजिलको विश्वकप यात्रा समाप्त भयो। 

विश्वभरका ब्राजिलियन समर्थकहरु पीडामा थिए। अझ दुःखमा यस अर्थमा थिए कि ब्राजिलको प्रमुख प्रतिद्वन्द्वी अर्जेन्टिनाले विश्वकपको उपाधि उचाल्यो। तर खेलाडीभन्दा बढी दुःख कसैले महशुस गर्न सकेनन्। 

ईएसपीएनसँग कुरा गर्दै रिचार्लिसनले खेलको निराशाबारे दुःख पोखेका छन्। उनले भने, ‘यो एक झट्का थियो, मलाई परिवारको सदस्य गुमाएभन्दा बढी दुःख लागेको छ।’ 

विश्वकप पराजयपछि उनले त्यो घाउ कहिल्यै निको हुन नसक्ने उल्लेख गरेका छन्। ‘जब म सामाजिक सञ्जालहरुमा भिडियो हेर्छु यसले अझ मलाई दुःखी बनाउँछ’, उनले भनेका छन्, ‘तर हामी अघि बढ्नुपर्छ, म अझै सानो छु, मलाई लाग्छ म अझै एक वा दुईवटा विश्वकप खेल्न बाँकी छ।’ 

उनले आफूले कडा परिश्रम गरिरहेको बताउँदै खेलमा अझै उत्कृष्ट भएर आउने संकेत गरेका छन्। 

‘म कडा परिश्रम गरिरहेको छु, ता कि यी कुराहरु फेरि सुरु हुनेछ, लक्ष्यहरुनजिक छन् अब ति कुराहरुलाई कसरी मैदानमा निभाउने भन्ने थाहा छ’, उनले भने। मार्काबाट भावानुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .