खेल


यी हुन् नेपाल टी२० लिगका सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडी

यी हुन् नेपाल टी२० लिगका सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडी

हुसैन तलात। तस्बिर : क्यान


नेपालखबर
पुस २७, २०७९ बुधबार १६:५, काठमाडौँ

लुम्बिनी अल स्टार्सले पहिलो संस्करणको नेपाल टी२० लिगको उपाधि जितेको छ। 

योसँगै विभिन्न विधामा उत्कृष्टहरुको घोषणा भएको छ। यसअनुसार प्लेयर अफ दि टुर्नामेन्ट, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर, उदीयमान खेलाडीको घोषणा भएको हो। 

को–को बने उत्कृष्ट?

‘प्लेयर अफ दि टुर्नामेन्ट’: हुसैन तलात, ५ लाख  
विराटनगर सुपर किंग्सका हुसैन तलात नेपाल टी२० लिगको ‘प्लेयर अफ दि टुर्नामेन्ट’ बनेका छन्। 

हुसैनले लिगका १३ खेलमा ३६७ रन बनाएर १० विकेट झारे। लिगमा सर्वोत्कृष्ट खेलाडी बनेका उनले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

उत्कृष्ट बलर : अविनाश बोहोरा, २ लाख ५० हजार
नेपाल टी २० लिगमा १९ विकेट लिएका अविनाश बोहोरा लिगको उत्कृष्ट बलर बनेका छन्। 

काठमाडौ किंग्सका अविनास बोहोराले लिगको ११ खेलमा उनले १९ विकेट लिएका हुन्। उत्कृष्ट बलर बनेका अविनासले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। 

उत्कृष्ट ब्याटर : हस्मतुल्लाह शाहिदी (फारवेष्ट),  २ लाख ५० हजार
फारवेष्ट युनाइटेडका हसमतुल्लाह शाहिदी नेपाल टी २० लिगको उत्कृष्ट ब्याटर बनेका छन्। 

लिगको १० खेलमा ४ सय रन हानेका उनले व्यक्तीगत उपाधिसँगै २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

उदीयमान खेलाडी : सुर्य तामाङ, १ लाख ८० हजार
विराटनगरका सूर्य तामाङ नेपाल टी २० लिगको उदीयमान खेलाडी बनेका छन्। 

लिगमा सूर्यले ८ खेलमा १२ विकेट लिएका थिए। उदीयमान खेलाडी सूर्यले १ लाख ८० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad